८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर



रुपन्देही ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आधुनिक कृषि किसान संसार प्रा.लि.भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी रकम लिएको तर चाइनिज कम्पनीको मिनी टिलर तथा अन्य यन्त्र उपकरण वितरण गरी अनियमितता गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।

आयोगले मन्त्रालयका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसहित ४ जनाविरुद्ध आयोगको ऐन २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९ मंगलबार ००:००  ५ : २३ बजे