७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

लुम्बिनीमा अझै टुंगो लागेन काँग्रेस उम्मेदवार, आज फेरि बैठक बस्दै



रुपन्देही ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठकले प्रदेशका नगरपालिकाहरूको उम्मेदवारहरूको नाम भोलि बिहानमात्र टुंगो लगाउने भएको छ। काँग्रेस प्रदेश कार्यालय बुटवलमा बसेको बैठकले लुम्बिनी प्रदेशमा गठबन्धन दलहरू भित्रबाट नेपाली काँग्रेसको भागमा परेका उपमहानगरपालिका र नगरपालिकाहरूको टिकट टुङ्ग्याउने अझै बाँकी रहेको जनाएको हो।

दिउँसोदेखि बसेको बैठकमा अहिले साँझ १० बजेसम्म सर्ट लिस्टिङ गर्ने काम भए पनि टुङ्गोमा पुर्याउन नसकिएको संसदीय बोर्ड सदस्य विष्णु पोखरेलले बताए । उनले केही जिल्लाहरूमा अझै छलफल गर्ने समेत बाँकी रहेकाले आज बिहान ७ बजेसम्मको लागि बैठक स्थगित गरिएको बताए । जिल्लामा कतिपय नगरपालिकाबाट ८ देखि १० जना सम्मको नाम आएपछि टुङ्गोमा पुर्‍याउन कठिन बनेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ६ : ३१ बजे