१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं ।

नेकपा एमालेबाट काठमाडौं महानगरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले तीन दिनभित्र चित्त बुझ्दो जवाफसहितको पत्र काटेको हो।

स्थापितको अभिव्यक्तिबारे पत्रपत्रिकामा देखेपछि कारण सत्य के हो भनेर बुझ्न पत्र काटेको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए।

मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति : १९ बैशाख २०७९ सोमबार ००:००  १ : ४८ बजे