२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अपेक्षाअनुसार मत नखसेको आयोगको स्विकारोक्तीे



काठमाडौं ।
निर्वाचन आयोगले अपेक्षाअनुसार मतदान नभएको बताएको छ।

धेरै मतदाता भएको ठाउँमा कम मतदान भएको र कम मतदाता भएको ठाउँमा धेरै मतदानको ट्रेण्ड देखिएको भन्दै आयोगले अपेक्षाकृत मतदान नभएको जनाएको छ।

पालिकाहरुमा सबैभन्दा धेरै ७४र७५ प्रतिशतसम्म मतदान खसेको र न्यूनतममा ५० प्रतिशत हाराहारीमा मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

‘जहाँ मतदान बढी हुन्छ भन्ने अनुमान त्यहाँ कम भयो। ६५ देखि ७२ प्रतिशत अपेक्षा हो। त्यो अनुसार हुन सकेन,’ उनले भने। आयोगको प्रारम्भिक अनुमानअनुसार ६२ प्रतिशत जति मत खसेको र विस्तृत वितरण शनिबार आउने थपलियाको भनाइ छ।

एकैचरणमा निर्वाचन गर्न परेको कारण चाहेजस्तो सुरक्षा प्रबन्ध हुन नसकेको आयोगको प्रारम्भिक अनुमान रहेको उनले बताए। ‘आयोग र दलहरुबीच सुझबुझ सम्बन्ध स्थापित गर्न नसक्दा र सानातिना विषयमा मतविभन्नता हुँदा सुरक्षामा आयोग संशकित र चिन्तित छौं,’ थपलियाले भने। आगामी दिनमा शान्तिपूर्ण बन्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ९ : १४ बजे