८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

अर्घाखाँचीको मालारानी ६ मा १ मत अन्तरले एमालेका अर्याल विजयी



अर्घाखाँची ।

मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् । निकटम प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक मतान्तरले पराजित गरेका हुन् ।

प्राप्त अन्तिम मतपरिणाम अनुसार अर्यालले ८ सय ४९ मत ल्याएर विजयी भए भने पुनले ८ सय ४८ मत ल्याए । सुरुदेखि नै निरन्तर मत बराबर भएपछि पटक पटक पुनस् मतगणना गर्दा पछिल्लो मत परिणाममा अर्यालको एक मत बढी आएपछि निर्वाचित भएको घोषणा गरिएको मालारानी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रमेश पन्थीले बताए । अर्याल दोस्रो पटक अध्यक्षमा विजयी भएका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेकपा विभाजन भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुँदा नेता टोपबहादुर रायमाझी केपी ओलीतिर लागेपछि अर्याल पनि एमालेमा समायोजन भएका थिए । उनै अर्याललाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  २ : ३७ बजे