८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

लुम्बिनी र भारतको कुशिनगरबीच भगिनी सम्बन्ध बनाउने सैद्धान्तिक सहमति



काठमाडौं ।

गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्न आएका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘लुम्बिनी र कुशिनगरबी भगिनी सम्बनध स्थापना गर्न दुवै पक्ष सैद्धान्तिक सहमत भएका छन्,’ परराष्ट्र मनत्रालयले जानकारी दिएको छ, ‘आवश्यक प्रकृया सम्बन्धित स्थानीय निकायहरूमार्फत समयैमा नै अघि बढाइनेछ ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आइतबार बिहान मात्रै लुम्बिनी आइपुगेका हुन् ।भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।

लुम्बिनीको मायादेवी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीको संयुक्त पुजा गर्ने कार्यक्रम सकिएपछि दुई देशका प्रधानमन्त्रीबीच द्धिपक्षीय भेटवार्ता भएको हो ।मोदी आजै भारत फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  २ : ४३ बजे