२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

२६० पालिकाको परिणाम आउँदा कांग्रेसले ४६ प्रतिशत स्थानमा जित्यो, दोस्रोमा एमाले



काठमाण्डौ ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको मंगलबार बिहानसम्म साढे १० बजेसम्म २६० पालिकाको नतिजा आएको छ।
अहिलेसम्म कांग्रेस ११९ पालिकामा जित हात पारेर पहिलो नम्बरमा छ। अर्थात ४६ प्रतिशत मत पाएको छ।

दोस्रो नम्बरमा रहेको एमालेले ७२ पालिका प्रमुखरअध्यक्ष जितेको छ। अर्थात २८ प्रतिशत मत पाएको छ। गत चुनाव पहिलो पार्टी बनेको एमालेले यसपालि अहिलेसम्म साढे २६ प्रतिशत पालिकामा जित हात पारेको छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५४ पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले ४, जनता समाजवादीले ३ ठाउँमा जित हात पारेका छन्।

नेमकिपा, जनमोर्चालगायत केही पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ११ : ०९ बजे