७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बाणगंगा नगर कार्यपालिकाको सदस्य निर्वाचनमा एमालेको प्यानल नै बिजयी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनको मतपरिणाम अनुसार नगर कार्यपालिका सदस्यमा नेकपा (एमाले) को प्यानल नै बिजयी भएको छ । मतपरिणाम अनुसार नेकपा एमालेका ५ जना महिला सदस्य र ३ जना दलित उम्मेदवार गरि पुरै ८ जनाको सिंगो प्यानल नै बिजयी भएको छ ।

यसरी बाणगंगामा नगर कार्यपालिकाको सदस्यमा बिजयी हुने सदस्यहरुमा महिला सदस्य अन्तर्गत केशरा गुरुङले ३४ मत, चन्द्रावती थारुले ३३, दानु घर्तीले ३३, शान्ता पाण्डेले ३३, शारदा परियारले ३३, यस्तै दलित तर्फ भने कृष्ण कुमार सुनारले ३४, दिल बहादुर सुनारले ३३, पिताम्बर बिकले ३३ मत पाप्त गरि विजयी भएका छन् ।

यता नेपाली कांग्रेसले सबै प्यानलमा २२ मत प्राप्त गर्दै पराजित भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ३ : ०६ बजे