६ असार २०८३, शनिबार | Sat Jun 20 2026

खेलकुदका लागि दुई अर्ब ४६ करोड विनियोजन



काठमाडौँ ।
सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेस गर्दै उक्त रकम छुट्टाइएको जानकारी दिउका हुन्।

खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ। मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रीकालीन खेल खेल्न मिल्ने बनाइने घोषणा सरकारले गरेको छ।

त्यस्तै अर्थमन्त्री शर्माले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीको बिमा गरिने जानकारी दिए। राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए।

विद्यालयतहबाटै खेलको विकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने सरकारी योजना छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ६ : १२ बजे