२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ



काठमाडौं ।

कबड्डी ४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मिरूना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका २ घर भएका २४ वर्षीय फुर्वा तामाङ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनले अभिनेत्री मगरमाथि अभद्र व्यवहार गरेको आरोप छ।

काठमाडौं महानगरपालिका ११ स्थित सिभिल मलको सातौं तलामा रहेको क्याफेमा बसिरहेको बेलामा नायिकामाथि अभद्र व्यवहार गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

कबड्डी ४ सिनेमाको कास्ट आइतबार प्रोमोसनको लागि त्यहाँ पुगेका थिए। पक्राउ परेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९ सोमबार ००:००  १२ : ०१ बजे