७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सेवाग्राहीद्धारा तिलोत्तमा नगरपालिका १ को कार्यालयमा तालाबन्दी



बुटवल ।

सेवाग्राहीले तिलोत्तमा नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले अत्यावश्यक काम समेत नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हु्न् । वडाध्यक्ष्य फर्सुराम गिरी कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिई वडामा अनुपस्थित भएको र फोन गर्दा समेत सम्पर्क नभए पछि आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले जानकारी दिए ।

‘म चौकिल्ला बनाउनका शुक्रबार, सोमबार र आज मंगलबार गरी ३ दिनसम्म वडा कार्यालयमा गएँ। तर, वडाध्यक्ष्यले फर्सुराम गिरीलाई पटक पटक फोन गर्दा समेत फोन रिशिभ गर्नु भएन् ।’ कुराकानी गर्दै देवकोटाले भने ‘म जस्ता धेरै वडामा आफ्ना काम लिएर जानु भएको थियो । हामीहरुले सबै काम गरेर वडा अध्यक्षको हस्ताक्षर गर्न मात्रै बाँकी थियो । हामी उँहा भएकै स्थानमा आफै गएर भए पनि हस्तारक्षर गराउन्छौँ भनेर पटक पटक फोन गर्दा रिसिभ भएन् । त्यस पछि बाध्य भएर तालाबन्दी गरेका हौँ ।’

कुनै काम विशेषले भए पनि वडाध्यक्षले यो दिन काम हुन्छ भनेर बताउनु पर्ने भए पनि वडाध्यक्षले फोन गर्दा फोन नै काटिदिने गरेको सेवाग्राही देवकोटाले बताए । ‘

प्रकाशित मिति : १७ जेष्ठ २०७९ मंगलबार ००:००  २ : ५७ बजे