१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

पल शाह रिहाइको माग गर्दै प्रदर्शन



काठमाडौं ।

अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले ुन्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गरुलगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका शाह हाल थुनामै छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ४ : २४ बजे