७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बुटवलको कार्यपालिकामा एमाले क्लिन स्विप



रुपन्देही ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा नेकपा एमाले क्लिन स्विप भएको छ। नगर कार्यपालिकाको निर्वाचनमा आठै सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए।

कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, वसन्ती विक, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक, नेकपा एकीकृत समाजवादीबाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार विजयी भएका हुन्।

एमालेका सबै उम्मेदवार पराजित भएका छन्। मेयरमा पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएका थिए। १९ वडा रहेको उपमहानगरमा ५ वटा वडाध्यक्ष मात्रै एमालेले जितेको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९ शनिबार ००:००  ९ : १२ बजे