बर्दिया ।
बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक युवतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा मधुवन २ कि नविना चौधरीको ज्यान गएको हो ।
झपडका क्रममा प्रहरी नायब उपरीक्षक ९डीएसपी० सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारण घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झपडका क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरको गोली प्रहार गरेको छ । मधुवनको ओरालीमा भएको प्रदर्शन रोकिए पनि गुलरिया–राजापुर सडक खण्ड अझै बन्द छ ।
आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो । थारुको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।
वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।







प्रतिक्रिया