२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

आजको मौसमः यी प्रदेशहरुमा वर्षाको सम्भावना



काठमाडौं ।

नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधवार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि बिहीबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश १ , मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९ बुधबार ००:००  ७ : १३ बजे