२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने, यस्तो छ कार्यसूची



काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ ।

बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९ बिहिबार ००:००  ६ : ११ बजे