८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कपिलवस्तुमा इनारमा डुबेर एक युवकको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगन्जमा एक युवक मृत भेटिएका छन ।

तीन दिनदेखि बेपत्ता भएका युवकको शव इनारमा मृत भेटिएको हो ।

राम गोरखा मावि नजिकै रहेको इनारमा स्थानीय १९ वर्षीय अर्जुन कहारको शव शनिबार बिहान भेटिएको हो।

बेपत्ता रहेका युवकको खोजी गर्ने क्रममा स्थानीयले शुक्रबार राति उनको शव इनारमा तैरिराखेको अवस्थामा देखेका थिए।

आइतबार बिहान प्रहरीले युवकको शव इनारबाट निकालेर पोस्टमर्टमका लागि बहादुरगंज अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालयका बरिष्ठ नायब निरीक्षक दिपेन्द्र गिरीले बताए। शवसँगै खल्तीमा रहेको मोबाइल पर्स समेत बरामद भएको गिरीले बताए।

प्रकाशित मिति : २८ जेष्ठ २०७९ शनिबार ००:००  १ : ५९ बजे