७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

डिजेल र पेट्रोलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म कर घटाउने सरकारको तयारी



काठमाडौं ।

पाँच दलीय गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मूल्य कटौती गरेर जनतालाई सहुलियत दिन सरकारलाई निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

उनले भने, ‘गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।’

भारी मात्रामा भन्नाले के कति मूल्य घट्ने हो भनेर तोकिएको छैन। पछिल्लो मूल्यसूचीअनुसार हाल पेट्रोल डिजेल र मट्टीतेलको मूल्य क्रमशस् प्रतिलिटर १९९, १९२ र १९२ रुपैयाँ छ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरू सहभागी थिए।

प्रकाशित मिति : ११ असार २०७९ शनिबार ००:००  १२ : २७ बजे