२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

बलात्कार तथा कुटपिट घटनामा संलग्न रहेको आरोपमा चार भारतीय पक्राउ



दाङ

भारतीय भूमिमा दुई नेपाली महिला माथि बलात्कार गरेको अभियोगमा चार जना भारतीय नागरिक पक्राउ परेका छन ।
भारतको उत्तर प्रदेश स्थिति बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको अभियोगमा चार जना भारतीय युवालाई पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले गरेका छन्।

‘घटना स्थल भारतीय क्षेत्र हो । शंकास्पद चार जनालाई हरैया थानाले नियन्त्रणमा लिएको छ’ उनले भने, ‘यो घटनाको एफआईआर हरैया थानामा दर्ता हुन्छ र त्यहीँबाट कानुनी प्रक्रिया अघि बढ्छ ।’

भारतीय युवाहरूको समूहले राजपुर गाउँपालिका–६ खांग्रा निवासी २ जना महिलालाई बलात्कार गरेको र चार जना माथि कुटपिट गरेको जानकारी आएपछी नेपाल र भारत पक्षका सुरक्षा अधिकारीहरु घटना स्थल पुगेका थिए ।

प्रकाशित मिति : १३ असार २०७९ सोमबार ००:००  ८ : ०८ बजे