६ असार २०८३, शनिबार | Sat Jun 20 2026

पाटन अस्पतालमा हैजाको उपचारका लागि छुट्टै डेस्क स्थापना हुने



काठमाण्डौ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ ।
हिजो बसेको बसेको जिल्लाका सुरक्षा अधिकारी, पालिका, जनस्वास्थ्य अधिकृत, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्याङ्कर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको स्वास्थ्य समस्याको उपचारका लागि पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क स्थापना गरिनेछ । ललितपुर जिल्ला र अरु ठाउँबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले पाटन अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् ।

प्रकाशित मिति : १३ असार २०७९ सोमबार ००:००  ८ : १८ बजे