७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँ ठाउँमा पहिरो



काठमाण्डौ

काठमाण्डौसँग जोडिएको पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँठाउँमा पहिरो गएको छ। पहिरोका कारण अहिले त्यस क्षेत्रमा एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ ।

धादिङको गल्छी गाउँपालिका ५ को बैरिनीमा गए राति गएको पहिरो हटाएर बिहान साढे ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो । दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०७९ बुधबार ००:००  ८ : ३३ बजे