२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु ।

करेन्ट लागेर कपिलवस्तुमा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर १० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।


घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७९ बिहिबार ००:००  १२ : ४६ बजे