२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो : प्रधानमन्त्री देउवा



काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कारलगायतबाट पुरस्कृत हुनुभएका प्रतिभाहरुलाई सरकारको तर्फबाट र व्यक्तिगत रुपमा उहाँले हार्दिक बधाई दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पुरायाएका ४३ जना श्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७९ आइतबार ००:००  २ : २२ बजे