२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

अबको तीन चार दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्



काठमाण्डौ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।

मनसुन कमजोर भएकाले देशका धेरै ठाउँमा घाम चर्किएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार आज केही पहाडी क्षेत्रमा बेलुकीपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

तर, धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने छ । अबको तीन चार दिन नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।

काठमाण्डौमा दिउँसो १, २ बजेपछि बदली हुने र बेलुकीपख हल्का पानी पर्ने अनुमान रहेको पनि मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०७९ सोमबार ००:००  ७ : ५१ बजे