एजेन्सी ।
घरेलु टोली वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले एक खेल अगाबै जितेको छ ।
बुधवार राति भएको तेस्रो एकदिवसीयमा ९ विकेटको जीत निकाल्दै पाहुना टोली बंगलादेशले सिरिज आफ्नो बनाएको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ९ रनको लक्ष्य बंगलादेशले २० ओभर ४ बलमा १ विकेटको नोक्सानीमा पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ३५ ओभरमा अलआउट हुँदै १ सय ८ रन बनाएको थियो ।
यस जीतसँगै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा बंगलादेश २(० ले अघि रहेको छ ।
पहिलो एकदिवसीय बंगलादेशले ६ विकेटले जितेको थियो ।
तेस्रो तथा अन्तिम एकदिवसीय शनिवार हुनेछ ।







प्रतिक्रिया