२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ ।

आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।

यसअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेका थिए । गत बिहीबारको बैठकमा केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम सकिएपछि आज पदाधिकारीले धारणा राख्ने भएका हुन् ।

केन्द्रीय सदस्यहरूले लोकप्रिय हुने पार्टीको आलोचना गरेको र गुटको बैठकमा सहभागी भएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए । साथै उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीबारे पनि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  १० : ४४ बजे