२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

बर्दियामा ६ वर्षीया बालिका बलात्कृत



बर्दिया ।
बर्दियामा एक जना ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय एक युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उनले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडी लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९ आइतबार ००:००  ११ : ५९ बजे