२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो



मायादेवी अनलाइन, बाणगंगा ।
साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ।

नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ। कपिलवस्तुको तौलेश्वरनाथ, लक्ष्मणघाट, रुपन्देहीको पर्रोह बोलबमधाम लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ।

यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ।​

साउनमा रुद्री लगाउने चलन पनि छ। सोमवार, नजुरे अन्य दिनहरुमा पनि ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ।

रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ।

प्रकाशित मिति : २ श्रावण २०७९ सोमबार ००:००  ६ : ४३ बजे