बाँके ।
बाँकेमा लागूऔषध मुद्दामा फरार रहेका दुई जना अभियुक्त पक्राउ परेका छन् । नौ वर्ष बढी कैद सजाय तोकिएका कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षका अजयकुमार चौधरी र लागू औषध मुद्दामा नै २८ दिन कैद सजाय तोकिएका कोहलपुर नगरपालिका १० का २० वर्षका सुदिप चौधरीलाइ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेको २०७८ मंसिर ८ गतेको फैसलाले अजयकुमारलाइ लागूऔषध मुद्दामा नौ वर्ष २१ दिन कैद सजाय ठहर गरेको थियो ।
उनीहरु दुवै जनालाइ फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।







प्रतिक्रिया