२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

करारका कर्मचारी निकाल्दा मर्चवारी अशान्त, प्रदर्शनकारीले टायरै बाले



बुटवल ।
रुपन्देही मर्चवारी गाउँपालिकामा करारका कर्मचारी निकाल्दा तनाव सिर्जना भएको छ । शुक्रबार यसको विरोधमा दर्जनौ स्थानीय सहभागी भएर गाउँपालिका परिसरमा प्रर्दशन गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेको भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्व जनप्रतिनिधिहरूले शुक्रबार प्रदर्शन गरेका हुन् ।

५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८ जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाँले बताए ।

प्रदर्शनकारीले कार्यालय अगाडी टायर बालेर नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९ शुक्रबार ००:००  ३ : ३३ बजे