७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रुकुमपूर्वमा कमल दहमा डुबेर एक जनाको मृत्यु



रुकुम पूर्व
रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो।

शनिबार दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

विक दहमा डुबेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उहाँको उद्धार गरेको थियो। विकलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रनाउ डाँगीले बताए।

प्रकाशित मिति : ८ श्रावण २०७९ आइतबार ००:००  ८ : ४९ बजे