२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बाणगंगाका नगर प्रमुख अर्यालसहितको टोलीले गर्‍यो तटबन्धको स्थलगत अनुगमन



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले तटबन्धको स्थलगत अनुगमन गरेको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालसहितको एक टोलीले बाणगंगा– ९ भर्लाबासमा रहेकोे सिङ्गो वडालाई संरक्षण गर्ने तटबन्धको स्थलगत अनुगमन गरेको हो ।

गएको असार १३ र १४ गते परेको अविरल बर्षाले उक्त तटबन्धमा क्षति गरेको थियो ।

तटबन्धको अनुगमन पश्चात प्रतिक्रिया दिंदै नगर प्रमुख अर्यालले प्राकृतिक विपत्ति जहिले पनि आउन सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरे । नगरपालिकाले जनधनको क्षति कम गर्नका लागि विभिन्न समाधानका उपायहरुलाई अवलम्बन गर्ने मेयर अर्यालको भनाई छ ।

अविरल बर्षाको समयमा जोखिमयुक्त ठाउँमा आवातजावत कम गर्न र विशेष सर्तकता अपनाउन आवश्यक रहेको भन्दै उनले तटबन्धले ठूलो क्षति हुनबाट जोगाएको बताए । नदीबाट हुने जोखिम नियन्त्रणका लागि विभिन्न सरोकारवालाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले खुशी समेत व्यक्त गरे ।

अनुगमन टोलीमा वडा नं. ९ का वडाध्यक्ष कमल पौडेल, सिंचाई डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख पुरुषोत्तम उपाध्याय, बाणगंगाका योजना शाखा प्रमुख शान्तराज आचार्य लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९ सोमबार ००:००  ६ : ३५ बजे