मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुका अध्यक्ष लंक बहादुर हमालले सामाजमा देखिने तमाम खाले विकृति, विसंगति विरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
समाज रुपान्तरणको सवाल अहिलेको प्रमुख राजनीतिक एजेण्डा भएको भन्दै गाउँघरमा मौलाउदो भ्रष्ट्राचार, कमिसनतन्त्र, ढिलासुस्ति जस्ता समस्या विरुद्ध सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्नेमा अध्यक्ष हमालले जोेड दिए ।
एकीकृत समाजवादी बाणगंगा नगर कमिटीको तेस्रो विस्तारिक बैठकलाई सम्बोधन गर्दै उनले अबको राजनीति आन्दोलन समाजवादी क्रान्तिको भएको बताए । तत्कालिन एमाले दक्षिणपन्थी दिशातिर गएकाले एकीकृत समाजवादी गठन गर्नुपरेको प्रशंग लिकाल्दै उनले विचारको नेतृत्व आफ्नो दलले गरेको सुनाए ।
विगतको एमाले जस्तै भए जनताको साथ नपाइने भन्दै त्यो भन्दा धेरै फरक भएर काम गर्न कार्यकर्तासंग आग्रह गरे । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैलीबारे विभिन्न टिकाटिप्पणी उठ्ने गरेको भन्दै त्यता तिर ध्यान दिन उनले सुझाए ।
पार्टी पुर्नगठनको एक बर्ष भित्रै उलेख्य जनताको साथ पाएको भन्दै कत्ति पनि निरासा नपाल्न उनको आग्रह छ ।
पार्टीको काम धेरै गर्नुपर्ने रहेको भन्दै उनले हालै जिल्ला कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गर्न उनले आग्रह गरे ।
बाणगंगा नगर कमिटी बैठकमा चुनावी समिक्षासहित संगठन सुदृढीकरणका बारेमा महत्वपूर्ण निर्णय गरिएको पार्टीका नगर कमिटी अध्यक्ष दिपक पन्थीले जानकारी दिए ।







प्रतिक्रिया