६ असार २०८३, शनिबार | Sat Jun 20 2026

दाङमा माहुरी टोकेर एक जनाको मृत्यु



दाङ ।

दाङमा वन माहुरी भिरेले टोकेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी ३५ वर्षीय खीमबहादुर कुमालको वन माहुरीले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

शनिबार अपराह्न ५ बजेको समयमा साथीहरूसँग घर नजिकैको जंगलमा वन माहुरीको महको लागि चाका काट्न गएका थिए। सिमलको रुखमा माहुरी काट्न चढेका बेला माहुरीले टोकेर गम्भीर घाइते भएका खीमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक कुमालको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल राखिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७९ आइतबार ००:००  ११ : ४१ बजे