२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

यस्तो छ आजको मौसमी पूर्वानुमान, पर्सि भने देशैभर पानी पर्ने सम्भावना



काठमाडौं ।
मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन ।

भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश-१ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । पर्सि भने मनसुन फेरि सक्रिय हुने अनुमान छ ।

यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सि प्रदेश-१, वागम्ती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने अनुमान छ ।

अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ८ : २९ बजे