२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलवस्तुको शिवराजमा विस्फोटक पदार्थ फेला



मायादेवी अनलाइन, शिवराज ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा १ सुरही खोलामा विस्फोट पदार्थ फेला परेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरही पुल नजिकै फेला परेको उक्त वस्तुलाई नेपाली सेनाले शनिवार डिस्पोज गरेको छ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई कहि बेर अवरुद्ध गरी डिस्पोज गरिएको थियो। गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम जस्तो देखिने वस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए।

शुक्रवार जानकारी प्राप्त भएको र शनिवार बिहान गोरुसिगेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए।

तत्कालीन द्वन्द्वकालमा उक्त वस्तु त्यहाँ छुटेको हुन सक्ने अनुमान रहेको छ। शिवराज नगरपालिका वडा ९ का अध्यक्ष राम गोपाल थारु सहितको टोलीले उक्त स्थानमा पुगेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९ शनिबार ००:००  ३ : ४२ बजे