२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बैठकः आसन्न निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड



मायादेवी अनलाइन, बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठक बुटवलमा सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको समिक्षा तथा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि लक्षित गरि प्रदेश सभापति अमर सिंह पुनको अध्यक्षतामा बैठक बसी विभिन्न निर्णयहरु भएका छन् ।

नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिर्पोटिङको लागि लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय भएको प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बताए ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले अपेक्षाकृत नतिजा प्राप्त गरेको निष्कर्ष निकालेको छ । स्थानीय तह निर्वाचको मतभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिकरण अनुसार गठवन्धनको अवस्था पत्ता लगाउनको लागि निर्वाचन क्षेत्रमै पुगेर अवस्थाको विश्लेषण गरि निचोड निकाल्न कामको सूरुवात भएको समेत बैठकको निष्कर्ष रहेको छ ।

साथै पार्टीको नीति, घोषणा पत्र, आर्थिक नीति, योजना तर्जुमा, संघीयताको सवलिकरण, स्थानीय शासन प्रणाली र जनता-स्थानीय सरकार र कांग्रेस बीचको सन्तुलित सम्बन्ध स्थापित गर्नको लागि कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको लागि प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय भएको प्रदेश सभापति अमर सिंह पुनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९ आइतबार ००:००  ७ : ४९ बजे