२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक आज दिउँसो बस्ने



काठमाडौँ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।
२९ भदौभित्र राणाविरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो। बैठक दिउँसो २ बजे बस्नेछ।

मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेस गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। जसअनुसार राणाले समितिसमक्ष यसैसाता जवाफ पेस गर्नुपर्ने छ।

समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ। प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो।
उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ। जसमा बुधवारको बैठकमा थप छलफल हुनेछ।

१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफासि समिति गठन गरेको थियो। सो सिफारिस समितिले राणका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो।

प्रकाशित मिति : ८ भदौ २०७९ बुधबार ००:००  ८ : ३५ बजे