२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

महाअभियोग समितिले १५ गते प्रधानन्यायाधीश राणासँग बयान लिने



काठमाण्डौ ।

प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग आउँदो १५ गते बयान लिने भएको छ ।

समितिको आज बुधवार बसेको बैठकले प्रधानन्यायाधीश राणालाई आफ्नो कुरा राख्नका लागि आउँदो १५ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो ।

यस्तै बैठकले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पनि पारित गरेको छ । आन्तरिक कार्यतालिकामा भदौ ९ देखि १२ भदौसम्म राणाविरुद्धको प्रमाण सङ्कलन गर्ने र त्यसमाथि अध्ययन गर्ने उल्लेख छ ।

समितिले भदौ १८ वा १९ गते प्रतिनिधि सभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ भदौ २०७९ बुधबार ००:००  ५ : ०२ बजे