२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आज देशभरका केही ठाउँमा हल्का वर्षाको सम्भावना



काठमाण्डौ ।

आज देशभरको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा रहेको छ ।

भोलि पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशहरूका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हल्का तथा मध्यम पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९ बिहिबार ००:००  ८ : ०० बजे