६ असार २०८३, शनिबार | Sat Jun 20 2026

गुल्मीमा ६५ वर्षीया वृद्धालाई बलात्कार आरोपमा एक युवक पक्राउ



गुल्मी ।

गुल्मीमा ६५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

इश्मा गाउँपालिका ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर सार्कीले घरमा एक्लै भएको मौका छोपी भदौ १३ गते साँझ करिब ६ बजे जबरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

फरार रहेका सार्कीलाई खोजतलास गर्दा गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ भदौ २०७९ बिहिबार ००:००  २ : १८ बजे