२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

दाङमा कुलोले बगाउँदा महिलाको मृत्यु



दाङ ।

तुलसीपुर उपमहानगरपालिका ६ गौलौराकी कुलोले बगाउँदा महिलाको मृत्यु भएको छ। ४७ वर्षीय सीता भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहीबार साँझ ऋषिपञ्चमीको पूजा सकेर करिब ७ बजेतिर घर फर्कने क्रममा गौरीगाउँ कुलोमा खस्दा उनलाई बगाएको थियो ।

उनलाई कुलाले बगाएको थाहा पाएपछि स्थानीय बगेको ठाउँदेखि करिब एक किलोमिटर दक्षिणबाट उद्धार गरेका थिए। उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ भदौ २०७९ शुक्रबार ००:००  १२ : ११ बजे