१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गुल्मीमा पहिरोको त्रास, दर्जनौ जोखिममा



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको मुसिकोट १ मा पहिरो खस्दा २ घर विस्तापित भएका छन । मुसिकोट नगरपालिका १ उपल्लो थाममा पहिरो खस्दा स्थानीय शिवलाल विकको ८ जनाको परिवार र गोपाल कुमालको २ जनाको परिवार विस्थापित भएको डाल प्रसाद घिमिरेले जानकारी दिएका छन । साथै उक्त निर्माणाधिन सडकका कारण पहिरो गएपछि यस क्षेत्रका अन्य केही घरहरु समेत जोखिममा परेको अधिकारीले बताए ।
२ घरहरु त पुरै विस्तापित नै भए अधिकारी भन्छन‘ गाउँका अन्य ८÷१० घरहरु पनि पहािरेको जोखिममा परेका हुन ।’ विस्थापित परिवारलाई स्थानियको सहयोगमा छिमेकीको घरमा राखिएको छ । शिवलाल विकको घर पहिरोले लगेको छ भने गोपाल कुमालको आधा घर पहिरोले तानेको छ । त्यस्तै उपल्लो थामका ढाल वहादुर सुनार, राम जित सुनार, रामु सुनार लगाएतको दलित वस्ति जोखिममा परेको छ । उपल्लो थाम को डाँडा लाइनको दुवै तर्फवाट पहिरो खसेपछि संकटमा परेको पिडित ढाल वहादुर सुनारले बताए ।
यता मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले निमार्णधिन सडकका कारण पहिरो खसेर घर लगेकाहरुलाई तत्कालै आवासको ब्यवस्था मिलाउने बताए । घटना नहुनु थियो भै हाल्यो उनले भने‘ प्राकृतिकसगँ कसैको केही लाग्दैन, हामी पिडीतहरुको छिट्टै आवासको ब्यवस्था गछौ ।’ उनका अनुसार अन्य जोखिममा परेका घरहरुलाई समेत सुरक्षित स्थानमा वस्नका लागि आग्रह गरेको बताए । पहिरोका कारण विद्युत पोलहरु ढलिरहेका छन् त्यस क्षेत्रमा केहि दिनदेखि विद्युत समेत अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७५ बिहिबार ००:००  ३ : ०१ बजे