मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका गुरुङले गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बदलेव) विरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।
आसन्न मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभा-१ मा सत्ता गठबन्धनले बलदेवलाई उम्मेदवार बनाएको छ ।
यसको विरुद्धमा गुरुङले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरुसंग कुराकानी गर्दै उनले नेपाली कांग्रेसको मत संरक्षणका लागि आफूले उम्मेदवारी दिएको बताए । नेताहरुको सल्लाह, सुझावको आधारमा आफूले उम्मेदवारी दिएको उनले बताए ।
केन्द्रीयस्तरको एकलौटी निर्णय आफूहरुलाई स्विकार्य नहुने भन्दै पार्टीको अस्तित्व रक्षाका लागि आफू उम्मेदवार बनेको उनले बताए ।
लामो समय कांग्रेसको राजनीति गर्दै आएका उनी कांग्रेसका जिल्ला सदस्य छन् । उनले चुनवाको उम्मेदवारीलाई अवसर र चुनौती दुवै तरिकाले लिएको बताएका छन् ।







प्रतिक्रिया