२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

दाङमा कारले ठक्कर दिँदा एक महिलाको ज्यान गयो



दाङ ।

कारको ठक्करबाट दाङको घोराहीमा एक जना महिलाको ज्यान गएको छ।

घोराही उपमहानगरपालिका वडा नं १० चारबगियाकी ७५बर्षीया कुँवारी उपाध्यायको बा २५८० च नम्बरको कारको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गम्भीर घाइते उपाध्यायलाई घोराहीस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दाङको हापुरदेखि नारायणपुर तर्फ आउँदै गरेको उक्त कारले पैदल हिडिरही उपाध्यायलाई ठक्कर दिएको थियो । चालक र कार प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९ सोमबार ००:००  १ : २९ बजे