बुटवल ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका राजु गुरुङ र कमल भुसाल ‘निकोलस’को उम्मेद्वारी खारेज भएको छ ।
सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एकिकृत समाजवादीका राजु गुरुङ र स्वतन्त्र उम्मेद्वारी दिएका कमल भुसाल ‘निकोलस’को उम्मेद्वारी खारेज भएको हो । निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । उम्मेद्वारद्वय सोही क्षेत्रमा उम्मेद्वार रहेका एमालेका उपाध्यक्ष विष्णु पौडेलका प्रमुख प्रतिष्पर्धी थिए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजेपछि जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले दुबै जनाको उम्मेदवारी खारेज भएको उल्लेख छ ।
गुरुङविरुद्ध बैंकिङ कसुर र भुसालविरुद्ध नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको हो ।







प्रतिक्रिया