८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

यसवर्षको एसईई चैत दोस्रो हप्तादेखि



काठमाण्डौ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ।

परीक्षा सञ्चालन जिल्ला, प्रदेश र परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने तथा त्यसको नतिजा प्रकाशन गर्ने काम चाहिँ परीक्षा नियन्त्रण कार्यालयले गर्ने बोर्डले जनाएको छ।

बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकाअनुसार माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन हुनेछ । प्रयोगात्मक परीक्षाको अङ्क र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ । पूरक परीक्षा २०८० को साउन अन्तिम हप्तामा हुनेछ।

बोर्डले यसअघि कक्षा ११ र १२ को पनि वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९ शुक्रबार ००:००  ८ : १७ बजे