२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

पाल्पामा अरिङ्गाल पोल्दा रुखबाट खसेर एक जनाको मृत्यु



पाल्पा ।

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर गएराती एक जनाको मृत्यु भएको छ । तिनाउँ गापिालका २ हापुरेका ३० बर्षीय बिष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको हो ।

सोही गाउँको तारे जंगलको सालको रुखमा रहेको अरिङ्गाल पोल्ने गएका सारु रुखमा चढेका थिए । सोही क्रममा करिव सय मिटर तल खसेर चिन्ताजनक अवस्थामा रहेको जानकारी प्राप्त भई दोभान प्रहरी चौकीले उपचारका लागि प्रादेशिक अस्पताल बुटवल बठाएकोमा गएराती नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्रबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०७९ शनिबार ००:००  १२ : १० बजे