२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी



काठमाडौं ।

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ।

उनको आज बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको पत्रकार तथा लेखक गिरीश गिरीले जानकारी दिएका छन्।

यस्तै परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले पनि फेसबुकमा लेख्दै जोशीको निधन भएको पुष्टी गरेका छन्।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७९ आइतबार ००:००  ७ : ५२ बजे