२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुमा श्रोत नखुलेको १३ लाख बढी नगदसहित एक ब्यक्ति पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी बस चालक शुशिललाई पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९ आइतबार ००:००  ३ : ३१ बजे